२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

गुल्मीमा ११ वर्षीय बालकद्धारा आत्महत्या

गुल्मी – दिनभर  बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा  मृत फेला परेका छन् ।जिल्लाको  चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११  वर्षीय विपिन रिजाल घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोजको बेला उनको मृत्यु भएको  वडाका वडाध्यक्ष नन्दराम आर्याल जानकारी दिए । 

विहान वहिनीसँग छिमिकेको घरमा टेलिभिजन हेर्न गइ फर्केपछि बाबु र दाजुसँग बारीमा मकै भाँच्न गएको  परिवारले बताए ।

वडाध्यक्ष अर्याले भने, ‘साँझपख  बारीबाट घर  आइभित्र पसेको र ढोका लागाई झुण्डिएको उनकी ८ वर्षीया वहिनीले देखेर बाबुलाई खबर गरेपछि बाबु आइ ढोका फोडेर चुङ्गीको पासो फुकाई मलाई खबर गरेका थिए । त्यस बेला उनको सास थियो भन्ने सुनिन्छ , केहि वेरपछि मृत्यु भए छ ।’

उक्त  खबर थाह पाउन साथ अहिले प्रहरीको टोली त्यस तर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेते बताए ।   उनकी आमा मिना रजाली दुई वर्षदेखि बैदेशिक रोजगारका लागि सउदी अरवमा रहेको वडाध्यक्षले बताए ।

-रातोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक