२०८० असोज, ७
||NEWS LUMBINI |

गुल्मी कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम

न्युज लुम्बिनी कुवैत / जिल्ला कारागार गुल्मीका पुरुष कैदीबन्दीलाई सिलाई कटाई तालिम दिइएको छ । जिल्ला कारागार गुल्मीको आयोजनामा कारागारमा रहेका पुरुष कैदीबन्दीका लागि एक महिने सिलाई कटाई तालिम सुरु भएको हो । सीप मार्फत अब्बल बनाउने उदेश्यले १० जना पुरुष कैदीबन्दीका लागि तालिम राखिएको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकारी दिए ।

जिल्ला कारागार गुल्मीले विभिन्न मुद्धामा कारागार आएकाहरुलाई कैद भुक्तानीसँगै उद्यमी बनाउन तालिमहरु सञ्चालन गरिरहेको छ । हाल तालिमका लागि ५० हजार रकम भएकाले धेरैलाई समेट्न नसकिएको उनले पाण्डेयले बताए । तालिमको प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी शर्माले लगनशील भएर सिप आर्जन गर्न सवैलाई आग्रह गरे ।

उनले सीप संसारमा बिक्ने भएकाले आगामी जीवन समृद्ध बनाउन ज्ञानलाई उपलब्धिमुलक कामसँग जोड्नुपर्ने बताए । कार्यक्रममा शर्माले कैदीबन्दीलाई एक थान भलिवल र जाली प्रदान गरेका थिए ।

जिल्ला कारागार गुल्मीबाट उत्पादन हुने मुडा, ढाकाका सल तथा अन्य घरेलु सामग्री जिल्ला तथा जिल्ला बाहिरका विभिन्न बजारमा खपत हुँदै आएको छ । हाल जिल्ला कारागार गुल्मीमा ६५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता भएपनि कारागारमा तेब्बर कैदीबन्दी बस्दै आएका छन् ।

साभार नयाँ पत्रिका

Facebook Comments Box

फेसबुक