२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

गुल्मी घर भएका हुम बहादुरको कुवेतमा मृत्यु

न्युज लुम्बिनी-रोजगारीको शीलशिलामा गुल्मि ज़िल्ला दरबार गाउ पालिका वाड न. २ घर भएका हाल बकुलघाट रुपन्देही बस्दै आएका अंदाजी ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा हिजो में ३०- २०१८ का दिन मृत्यु भएको छ

हिजो बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुर लाई उपचारको लागी आदान अस्पताल लागेका र केहि समय पछी आपातकालीन उपचारकै क्रममा चिकित्सक द्वारा मृत घोषणा गरेका थिए

मृतकको घरमा श्रीमती र एक छोरी रहेका छन

एक वर्ष पहिला मीठो सपना संगालेर कुवेतको (PSCJ) कम्पनीमा आएका हुम बहादुर सदाको लागी अस्थाएका छन। हुम बहादुर हालै कम्पनी बाट भागेर बाहीर काम गर्दै आएका थीए भने, उक्त मृतकलाई भेट्न लुम्बिनी समाज कुवेतका अध्यक्ष रूपेन हमाल आदान अस्पताल गई के कसरी मृत्यु भएको बारेमा तीतोपाटी डट कम लाई प्रारम्भिक जानकारी गराएका थीए

मृतकको सबलाई कुवेतको सिटी फर्वनिया स्थित फर्वनिया अस्पताल मा रखीएको छ भने हुम बहादुरको ज्यान गएको बारे आधिकारिक जानकारी दूतावासमा नआएको कुवेतका लागि नेपाली प्रथम सचिव भोगेन्द्र लिङ्देनले बताए । अन्य जानकारी आएपछि मात्रै घटनाको पुष्टी गर्न सकिने दूतावासले जनाएको छ ।

साभार- तीतोपाटी डट कम
Chat Conversation End
Facebook Comments Box

फेसबुक