२०८१ जेष्ठ, १०
||NEWS LUMBINI |

गृहमन्त्रीको निर्देशनपछि हटाउन थालियो काठमाडौँका होर्डिङ बोर्ड (फोटोफिचर)

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले उपत्यकाको चोक–चोकमा कुरुप बनाउने गरी राखिएको होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोष्टर, तारलगायतका सामग्री हटाउन सुरु गरेको छ । पहिलो दिन शुक्रबार (आज) माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाएका छन् । महानगरपालिकले तत्काल चार ओटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउने अभियान चलाएको छ । 

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन सुरु गरेको हो । सर्वोच्च अदालतले ४ वर्षअघि नै  काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन आदेश दिएको थियो । यसअघि रातोपाटीले कात्तिक ५ गते‘दुर्घटना निम्त्याउँदै डिजिटल होर्डिङ बोर्ड : महानगर कमाउ धन्दामा लाग्दा गुनासो सुनुवाइ भएन’शीर्षकमा समाचार सम्प्रेषण समेत गरेको थियो ।

 

-रातोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक