२०८१ जेष्ठ, १०
||NEWS LUMBINI |

गोबिन्द बराललाई पुन अध्यक्षमा चयन गर्दै साँस्कृति मन्चको अधिबेशन सम्पन्न

न्युजलुम्बिनी -कुबेत कै पुरानो साँस्कृतिक सस्था नेपाल कुवेत साँस्कृतिक मन्चले  आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथी नेपाली दुतावासको तर्फबाट तृतीय सचिब मनोज सिंह रहेका थिए भने मन्चका अध्यक्ष् गोबिन्द बरालको अध्यक्षता, प्रसाद तिमील्सिनाको  संचालनमा सम्पन्न कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट उमा घिमिरेले स्वागत गरेकी  थिइन् । मन्चका संरक्षकहरु  सुजन केसी र   टिकाराम आचार्यले नेपाल कुवेत साँस्कृतिक मन्च  स्थापना बारे प्रष्ट पारेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मनोज सिंह, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, नेपाल पत्रकार महासँघ कुवेतका कोषाध्यक्ष प्रदिप नेपाली, नेपालि अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतका अध्यक्ष सोम रसाइली, एनआरएनए कुवेतका  सचिव उमेश पुडासैनि, लोकपप गायक बिबी मल्ल ठकुरी, मंचका संरक्षक कुमार झापाली लगाएतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा  उमा घिमिरे, नेहा राइ, अश्मी तामाङ, कमल कुँवर, सन्ध्या मगरलाई विशेष सम्मान गरिएको थियो । भने मन्चका कलाकारहरुले आफ्नो प्रस्तुतिबाट माहोल तताएका थिए  ।

पाँचौ अधिबेशनबाट आगामी दुई बर्षको लागि पुन गोबिन्द बराललाई अध्यक्षमा सर्वसहमत चयन समेत गरेको छ ।

नबनिर्बाचित कार्यसमिति यस प्रकार रहेको छ

संस्थापक संरक्षक- सुजन के.सि
बरिष्ठ संरक्षक- टिकाराम आचार्य
संरक्षक- माधब शर्मा
संरक्षक- कुमार झापाली
बरिष्ठ सल्लाहकार- हरिकृष्ण न्यौपाने
सल्लाहकारहरु- सुमित्रा पौडेल, गीता गुरुङ, सन्तोष सुनार, माया न्यौपाने

अध्यक्ष- गोबिन्द बराल
प्रथम उपाध्यक्ष- कृष्ण सुनार
महिला उपाध्यक्ष– नेहा राई
उपाध्यक्ष कुँवर
महासचिव- रोशन राई
सचिव-अरुण थापा क्षेत्रि
कोषाध्यक्ष- बिमल श्रेष्ठ
सह-कोषाध्यक्ष- सन्ध्या मगर
संयोजक- उमा घिमिरे
फोटो पत्रकार- प्रसाद तिमील्सिना

सदस्यहरु- भुमा रसाईली, शान्ता भण्डारी, मिरा पौडेल, जीवन सुनार, अश्मी तामाङ, दिलिप कुमार शाह, राज श्याङ्बो, पुनम ठकुरी, सुजल कार्की, बसन्त परीयार, राधा भट्टराई, साबित्रा गैरे, श्याम बि सि, बिमल तामाङ, राजु थापा मगर, नबिन लिम्बु, प्रकाश गुरुङ, सुन्दर परीयार, लमु गोले

Facebook Comments Box

फेसबुक