२०८१ बैशाख, ६
||NEWS LUMBINI |

गोरखपुरमा ३० वर्षपछि हार्‍यो भाजपा

भारतीय राज्य उत्तर प्रदेशको गोरखपुरमा भारतीय जनता पार्टीले ३० वर्षमा पहिलो हार ब्यहोरेको छ।

गोरखपुर र फुलपुरमा आइतबार लोकसभाका लागि उपनिर्वाचन भएको थियो।

बुधबार सार्वजनिक भएको मतपरिणामअनुसार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्वाचन क्षेत्रमा भाजपा हारेको हो।

यो क्षेत्रमा आदित्यनाथ सन् १९९८ देखि चुनाव जित्दै आएका थिए। यहाँ भाजपाले सन् १९८९ पछि चुनाव हारेको थिएन। अादित्यनाथका गुरू महन्थ अवैद्यनाथपछि आदित्यनाथ यहाँबाट चुनाव लडेका थिए।

सन् २०१४ मा पनि उनले यहाँबाट चुनाव जितेका थिए। मुख्यमन्त्री भएपछि उनले लोक सभा सदस्य परित्याग गरेका थिए।

त्यतिबेला फुलपुरबाट केशवप्रसाद मौर्यले चुनाव जितेका थिए। उनी उत्तरप्रदेशका उपमुख्यमन्त्री बनेपछि त्यहाँ उपनिर्वाचन भएको हो।

यी दुई क्षेत्रमा मायावतीको बहुजन समाज पार्टी अखिलेश यादवको समाजवादी पार्टीबीच तालमेल भएको थियो।

हारपछि मुख्यमन्त्री आदित्यनाथले भाजपाको अतिआत्मविश्वाससँगै समाजवादी र बहुजन समाज पार्टीको तालमेललाई अवमूल्यन गरेकाले हारिएको बताएका छन्।
-एजेन्सी

Facebook Comments Box

फेसबुक