२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

गौतमबुद्ध सन्देश र अब्बल साप्ताहिक मर्ज

गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिक र अब्बल साप्ताहिक पत्रिका मर्ज भएका छन् ।

बिहीबार भैरहवामा आयोजित कार्यक्रममा पत्रिका मर्ज भएको घोषणा गरिएको हो । पछिल्लो सयम बैंक तथा वित्तीय संस्था र विद्यालयहरु मर्ज हुने क्रम बढीरहेबो बेला पत्रिकाहरु प्नि मर्ज हुनु सकारात्मक सन्देश भएको प्रालिका अध्यक्ष खिमबहादुर खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीले २०७३ फागुन २८ गते देखि दैनिक रुपमा शुभारम्भ भएको गौतमबुद्ध सन्देश दैनिक र २०७३ साउन ३१ गते देखि प्रकाशन शुभारम्भ भएको अब्बल साप्ताहिक बीच मर्ज हुनु ऐतिहासिक क्षण भएको बताउनुभयो ।

उहाले साविकको लुम्बिनी अञ्चलमा स्थापित भएको पत्रिकालाई अब ५ नम्बर प्रदेशमा अब्बल मिडियाको रुपमा स्थापित गरिने बताउनुभयो ।

मिडिया प्रा.लि.का सञ्चालक नारायण प्रसाद भण्डारीले शान्ति र समृद्धिको संवाहक भन्ने नाराका साथ शुभारम्भ भएको पत्रिकाले विकास र समृद्धिको पक्षमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।

प्रबन्ध निर्देशक माधब न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा कम्पनीका सञ्चालक, शेयरसदस्य तथा कर्मचारीको उपस्थिीति थियो ।

Facebook Comments Box

फेसबुक