२०८१ असोज, ३०
||NEWS LUMBINI |

घरेलु महीला कामदार रोक्न कुवेतले भिषा बन्द गर्नु पर्छ – अध्यक्ष लामा

न्युज लुम्बिनी-वैदेशिक रोज़गार सरोकार समाज कुवेतका अध्यक्ष श्याम कुमार लामाले घरेलु महीला कामदारको वारेमा बोल्दै जब सम्म कुवेत सरकारले घरेलु कामको लागी जारी गरिने भिषा बन्द गर्दैन तब सम्म महीला घरको काममा आउने क्रम जारी रहने बताएका छन।

नेपालबाट बन्द गरिएको भएतापनि अन्य देशहरुबाट ट्रान्जिट भएर दैनिक १०-१५ जना नेपाली महीला कामदार कुवेत भित्रिने गरेका छन। लामा भन्छन ‘कि त नेपाल सरकारले दुइदेश बिच यो बिषयलाइ सम्बोधन गर्दै नया निर्देशिका या सम्झौता गरेर कामदार पठाउने ब्यवस्था गरोस कि त कुवेतले भिषा बन्द गरोस । जब सम्म यो क्षेत्रलाइ गहनरुपमा लिइदैन महीला कामदारहरुले दुख पाउने सम्भावना बढीनै रहने छ ।

सिन्धुपाल्चोक सेवा समाजको प्रथम अधिवेशन समारोहमा बोल्दै अध्यक्ष लामाले आफु पनि मेन पावर ब्यबसाय गर्दै आएको र यो पेशालाइ व्यवसायिक रुपमा पार्दशि र मर्यादित बनाउन हरदम प्रयास रहेको बताए । लामाले थपे कुवेत आउने घरेलु महीला कामदार मध्ये जो दूखमा परेका छन पिडित छन उनिहरुको उद्दारमा आफु सदैब सकृय रहेता पनि दुख पिडामा परेका समस्या हामी कहा नआइ सामाजीक सन्जालमा जाने र बिभीन्न किसीमका लान्छान लगाउदै व्यबसाय माथि नै प्रश्न चिन्न लगाउने प्रबृति बढ्दै गएको हुदा समस्या समाधानको साटो समस्या झन बल्झीने गरेको जिकिर गरे ।

अध्यक्ष लामाले बिगतका भएका कमिकम्जोरि सच्याउदै दूतावात, कुवेतमा कृयाशिल संघ संस्था ,मिडिया लयागत सबै निकायसग सहकार्य गरेर यो क्षेत्रमा भैपरि आउने समास्या समाधान गर्न आफु सदैव तत्पर रहने बाचा समेत गरे ।

गत शुक्रवार सम्पन्न सिन्धुपाल्चोक सेवा समाज कुवेतले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन माधव पौड़ेलको अध्यक्षतामा बिकास तामाङ गोलेको अध्यक्षतामा ३५ सदसिय कार्यसमिति सर्वसहमत चयन गर्दै अधिवेशनलाई भब्यरूपमा सम्पन्न गरेको छ ।

Facebook Comments Box

फेसबुक