२०८१ असार, १
||NEWS LUMBINI |

घाँस काट्न गएकी कक्षा १ पढ्ने बालिकाको सामूहिक बलात्कार

पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ निचुटामा आठ वर्षीय नाबालिकालाई तीनजना युवकले सामूहिक बालात्कार गरेका छन्। निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीन युवकले बुधबार अपरान्ह ५ बजे बलात्कार गरेका हुन्।

बालत्कारबाट गम्भीर घाइते भएकी बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनको शल्यक्रिया गरिएको र अहिले पनि उनको अवस्था चिन्ताजनक रहेको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले बताए।
बुधबार अपरान्ह विद्यालय सकाएर घर फर्किएकी बालिका एकजना साथीसँग बाख्रालाई घाँस लिन गाउँ नजिकको खेतमा गएकी थिइन्। खेतको नजिकैको पोखरीमा माछा मारिरहेका मलाहहरु (माछा मार्ने समूह) का तीन युवकले ती दुवै बालीकालाई माछा दिने लालच देखाएर एकान्त स्थानमा लगेर जबरजीती गर्न खोज्दा एक बालिका भाग्न सफल भएकी थिइन्। अर्की बालिकालाई भने कुटपित गर्दै पालैपालो बलात्कार गरेका थिए।

बुधबार अपरान्ह घाँस लिन घर बाट बाहिर निस्किएकी बालिका साँझ अबेरसम्म पनि घर नफर्किएपछि बालिकाका बुबाले खोज्दै जाँदा उनलाई घर नजिकैको खाली जग्गामा अचेत अवस्थामा भेटेका थिए। छोरी साँझसम्म पनि घर नफर्किएपछि छरछिमेक र नजिकको बजारसम्म पुगेर खोजेका थिए। छोरी कतै नभेटिएपछि उनी उनी बालिका खोज्दै खाली जग्गातर्फ लागेका थिए।

ारायणी उपक्षेत्रीय अस्पतालमा बिहीबार बिहान उपचार गराइरहेको अवस्थामा भेटिएका पिडित बालिकाको बुबाले भने ,‘छोरी कतै नभेटिएपछि घरको पछाडि पुग्दा उनलाई अचेत अवस्थामा फेला पारेँ।’ छोरीलाई अचेत अवस्थामा भेटेपछि उनले तत्कालै एम्बुलेन्स बोलाएर अस्पतालमा पुर्याएका थिए। अझैसम्म बालिका बोल्न सकेकी छैनन्। चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

बलात्कारमा संलग्न तीन युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी उपरीक्षक रेग्मीले बताए। आवश्यक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका थियौँ, उनले भने, ‘ती मध्ये तीनजना संलग्न भएको देखियो, उनीहरुलाई स्वास्थ्य परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएका छौँ, तीनजना मध्ये एक जनाको त यौनांग नै च्यातिएको छ। पक्राउ परेका तीनै जनालाई शुक्रबार सार्वजनिक गरिने उनले बताए।
-अन्नपूर्णपोष्ट

Facebook Comments Box

फेसबुक