२०८१ बैशाख, ६
||NEWS LUMBINI |

घाईतेको मृत्युपछि तुलसीपुर हल्पिटलमा तनाव

दाङ्ग -एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले तुलसीपुरको एक निजी हस्पिटलमा तालाबन्दी गरेका छन्।

तुलसीपुरको तुलसीपुर सिटी हस्पिटलमा मृतकका आफन्तले डाक्टरको लापरवाहीले घाइतेको मृत्यु भएको भन्दै तालाबन्दी गरेका हुन्।

पीडित पक्षको तालाबन्दी पछि हस्पिटलका डाक्टर, नर्स र अन्य स्टाफहरु भित्रै थुनिएका छन्। मानिसको मृत्युपछि आक्रोशित आफन्तले हस्पिटलमा तालाबन्दी एवम् तोडफोडको प्रयास गरेपछि मंगलबार बेलुका तनाव उत्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार दाङको बबई गाउँपालिका ७ निवासी ३७ वर्षीय केवल बस्नेतको उपचारका क्रममा हस्पिटलमा साढे ४ बजेतिर मृत्यु भएको थियो।

हस्पिटलमा उत्पन्न तनाव पछि सुरक्षाको लागि गएका विष्टले भित्र थुनिएका डाक्टर र अन्य स्टाफलाई बाहिर निकाल्ने प्रयास भइरहेको बताए। हस्पिटलमा अहिले सुरक्षाको लागि सशस्त्र प्रहरी र नेपाली प्रहरी खटिएको छ।

मंगलवार बिहान करिब १० बजेतिर बस्नेत सवार रा १ प ६४९० नम्वरको मोटरसाईकललाई बबई गाउँपालिका वडा नं. ७ चरकमटिया भन्ने स्थानमा भे १ त ६०९१ नम्ववरको ट्र्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनापछि सामान्य अवस्थामा बस्नेतलाई आफन्तले बिहान ११ बजे तुलसी सिटी हस्पिटलमा पुर्‍याएको पनि डाक्टरले कुनै उपचार नगरेको तथा अन्त लैजान्छौं भन्दा रेफर गर्न पनि नदिए पछि मृत्यु भएको एकजना आफन्ती दवकला बस्नेतले बताइन्।

‘एउटा सलाइन पनि चढाएनन्, एउटा औषधी पनि दिएनन् र हामीलाई अन्त कतै लैजान पनि दिएनन्। डाक्टरले हेर्दा पनि हेरनन्,’ बस्नेतले आरोप लगाइन्।

उनले दोषी हस्पिटल प्रशासन र डाक्टरलाई कारबाही हुनुपर्ने माग गरिन्।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक