२०८० असोज, १७
||NEWS LUMBINI |

चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता

डोटी, मंसिर ८ – गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तर्खरमा छन् ।
बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दीपायलमा भेटिनुभयो । निर्वाचनबारे जानकार उहाँ मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउनुहुन्छ । विगत २२ वर्षदेखि भारतको विभिन्न ठाउँमा काम गर्दै आउनुभएका काले अहिले भारतको पञ्जाबमा रहेको एउटा मन्दिरको सामग्री सरसफाइ गर्ने काम गर्नुहुन्छ । चौवालिस वर्षीय दमाईंले आफ्नो जीवनकालमा एकपटक मात्रै मतदान गरेको बताउनुहुन्छ । “भोट केका लागि दिने रु नेताहरु भन्छन् मात्रै गर्ने केही होइन”– उहाँ भन्नुहुन्छ, “उसै पनि यो मेरो जाने समय नै हो । उता छुट्टी पनि छैन । केही नगर्ने नेतालाई भोट दिन किन कुर्ने रु”
“मलाइ चुनाव जितेपछि नेताले हाम्रा लागि काम गर्लान् भन्ने विश्वास छैन”– कालेले भन्नुभयो, “बरु भारत गएर दुई चारदिन बढी काम गरे दुईचार पैसा बढी आम्दानी हुन्छ ।”
उहाँसँगै भारत जान लाग्नुभएका सोही ठाउँका चार अरु युवामध्ये कमल बोहरा पनि १६ वर्षको उमेरदेखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आउनुभएको छ । उहाँ आफू अनपढ भएका कारण नेपालमा रोजगार नपाउने भएपछि भारतमै निर्भर हुनुपरेको बताउनुहुन्छ । बोहरा भन्नुहुन्छ, “ नेपालमा नोकरी नपाउने भएपछि यो चुनावमा भोट हालेर पनि केही नहुने भएकाले गर्दै आएको नोकरी बचाउन समयमै जान लागेको हँु । ढिलो गरे साहुले जागिरबाट निकालीदिन्छ । ”
हिउँदमा विदेशिनेको संख्या बढी
सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो व्यक्ति कामको खोजीमा भारत जाने गर्दछन् । कृषि पेशामा आबद्ध यहाँका जनता हिउँदमा खेतीकिसानीको काम नहुने भएकाले पनि यो बेला भारत जाने गरेका हुन् ।
प्रायःजसो घरैपिच्छे यहाँका युवा भारतको रोजगारीमा निर्भर छन् । ती युवा मौसमअनुसार नेपाल भित्रिन्छन् र भारत पस्छन् । दशैँतिहार मनाउन आएका युवा यतिबेला हिउँदे खेती लगाएर रोजगारीका लागि भारत जाने समय हो । केही युवा अहिले पनि निर्वाचनमा मतदान गरेर जाने तयारीमा रहे पनि अधिकांश युवा भने धमाधम भारत पस्न थालेका छन् ।
अहिले भारत जाने युवाको दिनहुँ आउनेक्रम बढिरहेको शैलेश्वरी यातायात व्यवसायी संघ बुकिङ काउण्टर दीपायलमा कार्यरत भोजबहादुर शाही बताउनुहुन्छ । उहाँका अनुसार अहिले दैनिक २५/३० जनाभन्दा बढी यात्रु भारत जाने गर्दछन् ।

Facebook Comments Box

फेसबुक