२०८० असोज, ७
||NEWS LUMBINI |

चुनावी खर्च माग्न आएका राजेन्द्र महतोलाई भारतीय राजदूतले गलहत्याएर निकाले !

मङ्सिर ०८, काठमाडौं । राजपा नेपालका नेता एवं धनुषा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोलाई भारतीय राजदूतावासले चुनावी खर्च दिन अस्वीकार गरेको छ ।

 

शरीरमा लगाउने धोतिदेखि राजनीतिक खर्चसम्म भारतीय दूतावासबाट पाउँदै आएका महतोलाई भारतीय राजदूत मञ्जिभसिंह पुरीले खाली हात फर्काइदिएको दूतावास स्रोतले बतायो ।
महतो धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिसँग चुनाव लड्दैछन् । यहाँ महतोले भारतीय चाहना विपरित उम्मेदवारी दिएपछि राजदूत पुरी असन्तुष्ट थिए ।
यहीबीच चुनावी खर्च माग्न पुगेका महतोलाई राजदूत पुरीले आइन्दा लैनचौर भवनमा पाइला नटेक्न चेतावनी दिँदै थर्काएर फर्काएको स्रोतले बतायो ।
यसअघि भारतको इशारामा चल्ने महतोले धनुषा ३ मा उम्मेदवारी दिँदा भारतीय आग्रह मानेका थिएनन् । उनको ‘गृहजिल्ला’ सर्लाही हो । उनले सर्लाहीबाटै चुनाव लड्नुपर्ने मान्यता भारतको थियो ।
तर, महतो कसैलेको भनेको नसुनी धनुषा आइपुगे । त्यो पनि कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई टक्कर दिन । महतोको कदमबाट भारत मात्रै होइन स्वयं मधेसी दल, नेता र जनता पनि दुःखी छन् । उनलाई जनकपुरवासी ‘टुरिस्ट’ उम्मेदवार पनि भन्ने गर्छन् ।

Facebook Comments Box

फेसबुक