२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

चुनाव विरोधी गतिविधि गर्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

अछाम : अछाम प्रहरीले चुनवा भाड्ने गतिविधिमा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी अछामका जिल्ला सचिवालय सदस्य ‘चट्टान’ भनिने सज्जन धामीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
धामी चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाइएपछि प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका निवासी धामीलाई त्यहाँ चुनवा भाड्ने गतिविधि गर्दै आएको आरोपमा पक्राउ गरिएको डीएसपी न्यौपानेको भनाइ छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।

Facebook Comments Box

फेसबुक