२०८० असोज, १७
||NEWS LUMBINI |

चेल्सीको प्रभावशाली जित, अन्तिम १६ मा पुग्यो

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चेल्सी समूह चरण अन्तर्गत गएराति भएको खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा पुग्यो । अवे मैदानमा भएको खेलमा चेल्सीले एफके क्वाराबागलाई ४–० ले रहाएको हो । १९ औं मिनेटमा साडिक्ओव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्वाराबाग १० खेलाडीमा सीमित भयो । चेल्सीका लागि २१ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इडन हजार्डले सुरुवाति अग्रता दिलाए ।विलियनले ३६ औं मिनेटमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लियो । ७३ औं मिनेटमा सेस फाब्रिगासले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता ३–० मा पुर्‍याए । ८५ औं मिनेटमा विलियनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए । योसँगै चेल्सी च्याम्पियन्स लिगका पछिल्ला १५ सिजनमा १४ पटक नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । यहि समूह अन्तर्ग राति नै भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले १० खेलाडीमा सीमित भएको इटालियन क्लब रोमालाई २–० ले हरायो । एथ्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र केविन गामेइरोले गोल गरे । डा सिल्भा पेरेस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रोमा १० खेलाडीमा सीमित भएको थियो ।

Facebook Comments Box

फेसबुक