काठमाडौं – ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् ।
सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
विद्यार्थीलाई दुर्व्यवहार गरेको उजुरीपछि कार्कीलाई हिजो राति पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र चन्दले रातोपाटीलाई जानकारी दिए ।
कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
कार्की ललतिपुर प्याब्सननको अध्यक्ष पनि हुन् ।
Facebook Comments Box