२०८० असोज, ७
||NEWS LUMBINI |

छिमेकी देश चीनमा ६.९ रेक्टरको भूकम्प

चीनको तिब्बत निङ्ची क्षेत्रमा ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ३४ मिनेटमा भूकम्प गएको तर त्यो क्षेत्रमा बसोबास नभएकाले मानवीय क्षति नभएको अनुमान गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि अहिलेसम्म ५ रेक्टर स्केलका परकम्प आइरहेका छन् । चीनको राजधानी बेइजिङ र छिमेकी प्रान्तहरुबाट उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीको टोली पुग्ने क्रम चलिरहेको छ ।

Facebook Comments Box

फेसबुक