२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

‘छोरा नजन्माएको’ भनेर लोग्नेले कुट्छ, छुट्टिएर बसौ त एक्ली आईमाई कसरी?

भिनाजुले पार्वती दिदीलाई सधै पिटेको देखेकी थिइ सिमानाले। ‘छोरा नजन्माएको’ भनेर सधै यातना दिईरहन्थे उनी। भिनाजुको उग्र रूप देखेर कुनामा घन्टौसम्म लुकेर बस्थी सिमाना। दिदी असल थिइन् आँखैमा राखे पनि नबिजाउने तर लोग्नेको ज्यादती र अन्यायको बिरोध दिदीले कहिल्यै गरिनन्। दिदी भन्थीन् ‘उहाँको स्वभाव नै त्यस्तै हो नानी!’ म सहनसिल छु भैगो नी।’सिमाना बिहे गरेको पाँच वर्ष पछि आज दिदिलाई भेट्न आएकी हो। गडेका र चाउरिएका दिदिका आँखा निराश थिए। सुन्दरताको नमुना पार्वती दिदी त बुढी जस्ती भइछिन्। सिमानालाई उकुसमुकुस भयो दिदीको अनुदित स्वरूप देखेर।

Facebook Comments Box

फेसबुक