२०८० असोज, १७
||NEWS LUMBINI |

जहाँ प्रियंका, त्यहाँ आमा

नेपाली फिल्म क्षेत्रमा अहिलेकी ब्यस्त नायीका प्रियंका कार्की विभिन्न कारणले सधैं चर्चामा आईरहन्छिन् । हिटभन्दा धेरै फ्लप फिल्मसँग जम्काभेट भएपनि उनको व्यस्तताले अन्य नायिकाको पसिना छुटाउँछ । उनी एकै सेड्युलमा झण्डै ३ देखि ४ वटासम्म फिल्मको सुटिङ भ्याउँछिन् । त्यसैले त उनी अभिनीत फिल्मको संख्या दिन प्रतिदिन तिव्र गतिमा बढ्दै छ ।

नायक आयुष्मान देशराज जोशीसँग प्रेममा रहेकी प्रियंका फुर्सद मिलाएर प्रेमी सँग भेटघाटमा रहेतापनि उनी फिल्म सुटीङ या अन्य प्रयोजनमा जहाँ जान्छिन् त्यहाँ आमा रक्षा कार्कीलाई साथमा लैजान छुटाउँदिनन् । हुनत साम्राज्ञी राज्यलक्ष्मी शाह र रेखा थापा जस्ता केही नायिकाहरु पनि आमासँग प्रायः देखीने नायीकामा पर्छन् ।

उनीहरु आमाछोरी भन्दा पनि मिल्ने साथी जस्तो बढी देखीन्छ ।थ्री लभर्सुबाट नेपाली रजतपटमा भित्रिएकी प्रियंकालाई आमा विना मिडियाका क्यामेराले कमै भेटेका छन् । गएको बिहीवार राजधानीमा आयोजित क्रिटिक्स अवार्डुमा पनि प्रियंका आमासँगै उपस्थित भएकी थिइन् । प्रियंका नेपालमा हुने कार्यक्रममा मात्र होइन विदेश समेत आमालाई साथमै लैजाने गर्छिन ।

कतिपयले त आमा सँगै हिंडिरहने हुँदा प्रियंकाको बालापन अझै नगएको पो हो कि आमाछोरीको मित्रताले यस्ता कानेखुसी पनि चल्ने गर्छन । आमासँगको साथले नै प्रियंकालाई फिल्ममा व्यस्त रहन परिवारबाट भरपुर सहयोग मिलेको स्पष्ट हुन्छ ।

Facebook Comments Box

फेसबुक