न्युज लुम्बिनी- कुबेत – २५ मे – नेपाल ट्रेड यूनियन महासंघGEFONT को दोस्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले गणेश रावतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यबाहक अधयक्ष् अर्जुन बस्नेतको सभापतित्वमा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो । जसमा उपसभापतिद्धय भरत न्यौपाने र सन्त कुमार अधिकारी, महिला बिभाग प्रमुखमा श्रीमती बर्षा धिताल , महासचिवमा गोबिन्द् प्रशाद तिम्सिना – सचिवमा धर्म अधिकारि ,गुलामनवी मन्सुर र दिपेन्द्र कार्की, प्रचारप्रसार बिभाग गोपाल शिवा रहेका छन् ।
निवर्तमान महासचिव गणेश रावतद्वारा संचालन गरिएको यस कार्यक्रम स्वागत मन्तब्य प्रेम कटुवालले गरेका थिए । कुवेतको जिलिब स्थित पपिन हलमा समपन्न अधिबेशनमा कुवेत बसाइलाई बिट मार्दै स्वदेश फर्कन लागेका निवर्तमान अध्यक्ष अर्जुन बस्नेतलाई सम्मान सहित बिदाई समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै रबि बन्जाडेले जिफन्ट सपोर्ट ग्रुपले कुवेतमा कार्यरत नेपाली श्रमिकहरुका हक, अधिकार तथा समस्याहरुलाई निराकरण गर्ने क्रममा दूतावास कुबैतमा अाप्रवासी हेर्ने श्रमिक निकाय र जिफन्ट केन्द्रिय कार्यालय हुदै नेपाल सरकारको श्रम मन्त्रालय घच्घच्याउने काम गर्दै आएको जानकारी गरेका थिए ।
नेपाली दुताबास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख अतिथियाईमा सम्पन्न यस कार्यक्रममा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, लगायत कुवेतमा कार्यरत श्रमिक नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कार्यबाहक अधयक्ष् अर्जुन बस्नेतले श्रमिकको हक हितको लागि स्थापनाकाल देखि कुवेतमा लड्दै आएको र आगामी दिनमा पनि लडीरहने बिस्वास गर्दै जिफन्ट श्रमिक नेपालीहरु सबैको साझा भएकोले कुवेतमा रहनु हुने सम्पूर्ण राजनीतिक दलका भातृ सङ्गठन, जातीय भातृ सङ्गठनहरू लगायत विभिन्न सङ्घ सस्थालाई अबको नया कार्य समिति लाइ सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।
प्रमुख अतिथि नेपाली दुताबास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले कुवेतमा रहेका सबै संघ संस्थाहरुसंग सहकार्य गर्दै नेपाली श्रमिकहरुका राय सल्लाह,समस्या र सुझावहरु र त्यसका निरकरणमा जिफन्टले अहिले सम्म खेलेको भूमिका अतुलनीय रहेको चर्चा गरेका थिए । त्यस्तै गरि कार्यक्रममा बोल्ने क्रममा श्रमिकका हक, अधिकार केन्दित भै कार्य गर्न बोल्ने बक्ताहरुले सुझाब दिएका थिए ।
जिफन्ट सपोर्ट ग्रुप कुवेत को नयाँ कार्य समिति यस प्रकार रहेको छ
१- श्री गणेश रावत — अध्यक्ष
२- श्री भरत न्यौपाने —उपाध्यक्ष ( आर्थिक बिभाग प्रमुख )
३– श्री सन्त कुमार अधिकारी – उपाध्यक्ष ( संगठन बिभाग प्रमुख)
४- श्रीमती बर्षा धिताल ( महिला बिभाग प्रमुख )
५- श्री गोबिन्द् प्रशाद तिम्सिना – महासचिव
६- श्री धर्म अधिकारि – सचीव ( सचिवालय )
७- श्री दिपेन्द्र कार्की – सचीव (आर्थिक बिभाग )
८- श्री गुलामनवी मन्सुर – सचिव (सङ्गठन बिभाग )
९- श्री गोपाल सिवा – प्रचारप्रसार बिभाग
१०-श्री केदारनाथ खरेल – सदस्य
११- श्री भुपेन्द्र सारु – सदस्य
१२- श्री बिष्णु घिमिरे – सदस्य
१३- श्रीमति छबिमाया पौडेल – सदस्य
१४- श्री पबित्र कुमार चन्द – सदस्य
१५- श्री गोबिन्द न्यौपाने – सदस्य
१६- श्री पदम घर्ती मगर – सदस्य
१७- श्री चिरञ्जीवी आचार्य – सदस्य
१८- श्री सानुबाबु श्रेष्ठ – सदस्य
१९- श्री गम बहादुर रोकाय
सल्लाहकार
१- श्री इन्द्र प्रशाद भुसाल
२- श्री प्रेम बहादुर कटवाल
३- श्री अरुण लिम्बु
४- श्री शिव कोइराला
५- श्री उदास श्रेष्ठ
– समाचार हाम्रो संचार डटकमबाट साभार गरिएको हो