बसन्त थापा- न्युजलुम्बिनी/ वैदेशिक रोजगारीका लागि कुवेत आएका नेपाली कुवेत स्थित अवैध रुपमा कार्यरत १४ जना नेपालीहरुलाई शुक्रवारको दिन स्थानीय पोलिसले जुवातास सहित रंगेहात पक्राउ गरेको छ।
आज शुक्रवारको दिन बेलुका कुवेतको महाबुल्ला भन्ने ठाउमा उक्त नेपालीहरु पक्राउ परेका थिए।
अयामात च्यानलका अनुसार उक्त आरोपी नेपालीहरु अवैध रुपमा कुवेतमा रहदै आएका र, तेसै क्रममा जुवा तास खेल्ने खेलाउने गरेको बताएको छ।
पक्राउ पर्ने नेपालि हरुलाई कुवेत सरकारले डिपोर्ट गर्ने तयारी रहेको उक्त अयामत च्यानलले जनाएको छ।
कुवेतमा पछिल्लो समय बिभिन्न कारणले अबैधानिक बस्ने नेपालीको संख्या बढ्दो पाईन्छ जुवातास बाट लाखौं रकम हात पार्ने आशामा हप्ताको एकदिन अर्थात हरेक शुक्रवार उक्त स्थानमा सयौको संख्यामा नेपालीहरू भेलाहुने गर्दछन।
साहूसँग चर्को ब्याज दरमा ऋण लिएर रोजगारीका लागि परदेश आउने अधिकाँश नेपाली यूवाले मदिरा र जुवा तासमा आफ्नो कमाई गुमाउने गरेका छन् । लाखौं पर्ने लोभमा उनीहरुले हप्ताको १ दिन(जुवातास) खेल्ने खेलाउने ठाउँमा नेपालीको निकै भिड देख्न सकिन्छ ।
भिसा अवधि सकिएता पनि त्यहाँ अबैधानिक रुपमा काम गर्दै आएपछि प्रहरी र अध्यागमन विभागका कर्मचारीको सक्रियतामा उनीहरुलाई पक्राउ गरिएको हो ।
कुवेतमा गैरकानुनि रूपमा रहदै आएका र अनेकौ अपराधिक क्रियाकलापमा संलघ्नहरुलाई पक्रिने क्रम झन बढ्दै गएको पाइएको छ ।
कुवेतमा गैरकानुनी रुपमा रहदै आएका नेपालीलेनै गर्दा आजको दिनसम्म अन्य नेपाली हरूप्रतिको बिस्वास गुम्दै गएको छ। भने आम नेपालीको गुनासो पनी सोही बिषयमा रहेको छ।