२०८० असोज, १७
||NEWS LUMBINI |

ज्योति मगर र बिजय लामाले कुवेत तताउने

न्युज लुम्बिनी-कुवेतमा रहेका नेपाली कामदारहरुका लागि नयाँ बर्ष २०७५ को आगमनलाई उल्लासमय बनाउन नेपालकी सर्बाधिक हट लोक गायिका तथा मोडल ज्योति मगर र पप तथा आधुनिक गायक बिजय लामाको साथमा “नयाँ बर्ष-२०७५ धमाका” बिशेष कार्यक्रम गरिने भएको छ।

नेपाल कुवेत सरोकार समाज कुवेतले आगामी अप्रिल १३ शुक्रबार,२०१८ का दिन जिलिब स्थित नाइटिगम स्कूलको सभाहलमा अतिथी कलाकारहरुको साथमा नयाँ वर्ष २०७५ को शुभकामना आदान-प्रदान तथा नयाँ बर्ष-२०७५ बिषेश धमाका कार्यक्रम गर्ने भएको हो।

यसै गरी आयोजक नेपाल कुवेत सरोकार समाजले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ्-संस्थाहरुका प्रतिनिधिहरु,पत्रकार, सामाजिक अभियान्ता, सांस्कृतिक संस्थाहरु तथा सम्पूर्ण कला प्रेमी कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई उकत कार्यक्रममा श्वास्फुर्त रुपमा सहभागी हुँदै कार्यक्रम सफल बनाउन आ-आफ्नो ठाउँबाट हातेमालोका लागि अनुरोध गरेको छ।

गत बर्ष पनि समाजले अतिथी कलाकार गायक डम्बर नेपाली र लोक गायिका तथा मोडल सावित्री जोशीको साथमा बिशेष कार्यक्रम आयोजना गरेको थियो।यसै गरी नेपाल कुवेत सरोकार समाज आपत-बिपत र बिचल्लीमा परेका नेपाली कामदारहरुका लागि साथ सहयोग गर्दै पीडितहरुको सहयोग, उद्दार तथा राहतका लागि अन्य बिभिन्न नेपाली संघ्-संस्थाहरु लगाएत सम्बन्धित निकाय सम्म हातेमालो गर्दै निरन्तर अगाडि बढीरहेको छ।

Facebook Comments Box

फेसबुक