२०८० असोज, १७
||NEWS LUMBINI |

झनै मजबुत गठबन्धन: राप्रपाले दियो कांग्रेसलाई धोका, बाम गठबन्धनलाई सघाउने निर्णय

काँग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले काठमाडौँ-२ मा विपक्षी दल नेकपा एमालेलाई सहयोग गर्ने भएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट एमाले नेता माधवकुमार नेपाल उम्मेद्वार छन्।शनिबार वाम गठबन्धनको क्षेत्रीय चुनावी सभामा सहभागी भएका राप्रपाका दैवमेहेर श्रेष्ठले उक्त घोषणा गरेका हुन्।

यद्यपी काठमाडौँका १० निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर ७ मा नेपाली काँग्रेसले राप्रपाका बिक्रमबहादुर थापालाई र अन्य निर्वाचन क्षेत्रमा राप्रपाले नेपाली काँग्रेसलाई समर्थन गर्ने चुनावी सहमति भएको थियो। तर काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को हकमा भने उक्त सहमति लागु नहुने भएको हो।

स्थानीय तहको निर्वाचनमा राप्रपा उक्त क्षेत्रमा दुई वडामा निर्वाचित भएको थियो। एमाले नेता माधन नेपालले नेपाली काँग्र्रेसका उम्मेद्वार दीपकप्रसाद कुइँकेलसँग प्रतिस्पर्धा गर्ने छन्।

यस अघि वाम गठबन्धनले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेको थियो। झापा ३ मा लिङ्देनले नेपाली काँग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्दै छन्।

Facebook Comments Box

फेसबुक