देशमा बढिरहेको बलात्कारको घटना विरुद्ध माइती नेपालले काठमाडौंमा नागरिक र्याली गरेको छ । काठमाडौँको माइतीघर मण्डलाबाट शुरु भई बबरमहल हुादै नयाा बानेश्वरसम्म र्याली गरेको हो ।
बलात्कारका घटनाको प्रभावकारी छानविन तथा कानुनी कारवाही र मुद्धाको न्यायिक निरुपणलाई दबाब दिने उद्देश्यले र्याली गरेको आयोजकले जनाएको छ ।
र्यालीमा माइती नेपालका सदस्यहरु, महिला अधिकारकर्मीहरु, स्कूल कलेजका बिद्यार्थीहरु सहभागी भएका थिए ।
समाजमा बढ्दै गएका बलात्कार तथा यौन हिंसाका घटनालाई नियन्त्रण गर्न संगठित रणनीति सहित साझा अभियान बढाउने उदेश्यले र्याली आयोजना गरेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।
माइती नेपालले यस बर्ष चैतसम्म काठमाडौंमा ८९ वटा महिला तथा बालिका बलात्कृत भएका घटना प्रहरीमा दर्ता भएको उल्लेख गरेको छ । यस्तै अघिल्लो बर्ष ११ सय ३० वटा करणीको मुद्धा दर्ता भएको छ ।
माइती नेपालले र्याली पछि जारी गरेको विज्ञप्तीमा सो सस्था स्थापनादेखि हालसम्म ७ सय वटा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको उल्लेख गरेको छ ।
पीडितहरुलाई ललाई फकाई, डर, त्रास देखाई, धम्की दिई, विवाह गर्ने प्रलोभन देखाई, लठ्याई जबरजस्ती करणी गर्ने पाइएको संस्थाले उल्लेख गरेको छ ।
यस्ता कतिपय घटनामा पीडकले कानुनी रुपमा उन्मुत्ति पाएको घटना पनि रहेको माइती नेपालले जनाएको छ ।
-रातोपाटी