न्युज लुम्बिनी- तमु समाज कुबेतले चौथो अधिबेशन आगामी सेप्टेम्बर २१ तारिख शुक्रबार गर्ने भएको छ । “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९’मा तमु समाज कुबेतमा स्थापना भएको थियो ।
समाज को गत शुक्रबार बसेको बैठकले तमुहरुको महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तारिख २०१८ दिन विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। साथै उक्त दिन कुनै पनि कार्यक्रम नापारिदिनु हुन् सम्पूर्ण नेपाली संघ सस्था ब्याक्ति बिशेषलाई तमु समाज कुबेतले अनुरोध गरेको छ।
आगामी सेप्टेम्बर २१ तारिख हुने चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी,सम्पूर्णमा उपस्थित को लागि समाजले हार्दिक अनुरोध गरेको छ।