२०८० असोज, ७
||NEWS LUMBINI |

तीन गोलको अग्रता जोगाउन सकेन लिभरपुलले

मंगलबार राति भएको च्याम्पियन्स लिगमा लिभरपुलले सेलिभल्लासँग ३-३ गोलको बराबरी खेल खेलेको छ ।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा भने तीन गोल खाएको थियो । पहिलो हाफको दोस्रो मिनेटमा नै रोबर्टो फिरमिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

खेलको २२ औ मिनेटमा साइडो मानेले गोल गरे । उत्कृष्ट फममा रहेका फिरमिनोले खेलको ३० औ तेस्रो गोल गरे । तर, दोस्रो हाफमा सेभिल्ला खेलमा फर्कियो ।

सेभिल्लाका लागि विसम एडरले खेलको ५१ आँै र ६० औ मिनेटमा गोल गरे । खेल सकिन केही मिनेट बाँकी रहँदा गुइडो पिजारोले तेस्रो गोल गरे । बराबरी खेल खेले पनि लिभरपुल अन्तिम १६ का लागि छनोट भएको छ ।

Facebook Comments Box

फेसबुक