दाङ -तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ ।
शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताए ।
उनले वार्षिक विदाबाट कट्टी हुने गरी आगामी असार १ गतेसम्मका लागि बिदा गरिएको पनि बताए । अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाले विदाका लागि आवाज उठाउँदै आएका थिए ।
-रासस
Facebook Comments Box