२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

दलाई लामाले बुद्ध भारतमा जन्मिएको अभिव्यक्तिबारे राजेश हमालको कडा जवाफ

काठमाडौं : तिब्बती धर्मगुरु दलाई लामाले गौतम बुद्ध भारतमा जन्मिएको भन्ने अभिव्यक्ति दिएकोप्रति महानायक राजेश हमालले आपत्ति जनाएका छन् । उनले फेसबुक स्टाटस मार्फत् भनेका छन्, ‘तथा कथित सत्य र दयालु भनिने व्यक्तिले दिएको अपिल भ्रामक छ । (दलाई लामाल) बुद्ध नेपालको होइन भारतको हो भन्नु गलत छ ।’, हमालले फेसबुकमा भनेका छन् ।

‘सत्यलाई कसैले पनि नकार्न सक्दैन । राजनीतिक प्रख्यातको लागि यस्ता अभिव्यक्ति नदिनु । कहिलेकाँही कोही व्यक्तिलाई मूर्ख बनाउन सकौला तर सबै मानिसलाई सधैं मूर्ख बनाउन सक्दैनौ’, हमालले भनेका छन् ।

केहि दिन देखि सामाजिक सञ्जालहरु यस्तो एउटा भिडियो सार्वजनिक भएको थियो त्यही भिडियो अहिले चर्चामा छ । जुन भिडियोमा भारतमा रहँदै आएका तिब्बतका राजनितिज्ञ तथा बुद्ध धर्मावलम्बिहरुको महान गुरुको रुपमा कहलिएका दलाई लामाले गौतम बुद्ध नेपालको होइन भन्ने अभिब्यक्ति दिएका छन्।

बुद्धिष्टहरुले अवतारी गुरुको रुपमा मान्दै आएका लामाले भारतमा आयोजित एक समारोहमा बुद्ध नेपालको होइन भन्ने अभिब्यक्ति दिएका हुन् । सार्वजनिक भिडियोमा लामाले अभिब्यक्ति दिँदै ‘तपाँईलाई था छ, बुद्ध नेपाली हो की इण्डियन रु’ भन्ने प्रश्नका नेपालीहरुको हाँसो उडाउँदै उनले भने, ‘केहि नेपालीहरुले भन्छन, नेपालको लुम्बिनीमा बुद्ध जन्मेको हो, तर यो कुरा हावा हो । बुद्ध भारतमा जन्मेको हो ।’

गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरा ध्रुब सत्य हो । तर, लामाले सो भिडियोमा बुद्ध भारतको हो, भारतमा जन्मेको हो भन्दै बुद्धको किङ्डम भारत रहेको दाबी गरेका छन् । साथै भ्रम फैलाईरहेका छन् । त्यसोत, उनले सार्वजनिक भिडियोमा बुद्ध धर्म राम्रो धर्म नभएको पनि अभिब्यक्ति दिएका छन् ।

Facebook Comments Box

फेसबुक