२०८० असोज, १७
||NEWS LUMBINI |

दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

दाङ्ग पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ ।

झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित पानीका कारण झाडापखाला लागेको बताउनुभयो । स्थानीय माइली पानी मुहानको पानी उपभोग गर्दै आएका उनीहरु बिरामी परेका हुन् ।

-राससबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक