२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

दुर्घटनामा घाइते पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रनानि खनालको निधन

आफैले चलाएको सवारी दुर्घटनामा घाइते भई उपचाररत पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक पोम नारायण खनालको निधन भएको छ ।

जेठ २० गते बुटवल धागो कारखाना नजिकै आफैले चलाएको स्कारपियो बिपरित दिसाबाट आएको यात्रुबाहक बससंग ठोक्किएर दुर्घटना हुदा गम्भिर घाइते भएका खनालको उपचारका क्रममा काठमाण्डौमा आज बिहान ४ बजे निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात क्रिमसन अस्पताल मणिग्राममा प्रारम्भिकका उपचार पश्चात उनलाई थप उपचारका लागि काठमाण्डौ ग्राण्डी हस्पीटलमा भर्ना गरीएको थियो ।

४० वषिय खनाल ट्राफिक प्रहरीमा लामो समयदेखि कार्यरत थिए । उनले दुर्घटना न्युनिकरणका लागि सचेतना अभियान संचालन गर्दै आएका थिए ।

साभार नागरिक आवाज

Facebook Comments Box

फेसबुक