२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

धनगढी उपमहानगरपालिका पूर्ण खोपयूक्त

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकालाई शुक्रबार पूर्ण खोपयूक्त नगर घोषणा गरिएको छ । धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका १२ देखि २३ महिनासम्मका एक हजार छ सय २८ जना बालबालिकाले सबै खोप पाएपछि पूर्ण खोप घोषणा गरिएको जनाइएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइंर्ले प्रतिवद्धतापत्रमा हष्ताक्षर गरी नगरलाई पूर्ण खोप घोषणा गरेका हुन्।

सो अवसरमा बोल्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले कैलालीका सबै नगरपालिका र गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिसकिएको जानकारी दिए । उनले पूर्ण खोप घोषणा गर्न चुनौति नभएपनि दिगो राख्न चुनौति रहेको बताए।

उनले पूर्ण खोप घोषणा गरेर स्वास्थ्यकर्मी, नागरिकलाई जिम्मेवारी थप भएको बताए।कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातलीले खोपले बालबालिकालाई विभिन्न रोग लाग्न र अकालबाटै मृत्यु हुनबाट जोगाउने बताए । उनले बच्चा जन्मीसकेपछि अभिभावकले आफना छोराछोरीलाई खोप लगाउन नभुल्न पनि आग्रह गरे।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद गौतम, क्षेत्रिय मेडिकल स्टोरका नारदप्रसाद साहनी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप नगर घोषणा गर्नमा योग्दान दिएवापत वडा नागरिक मञ्चका संयोजकहरू, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।

Facebook Comments Box

फेसबुक