२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

नमुना बिश्वकर्मा समाजले प्रथम वार्षिकउत्सव अप्रिल २७ मा मनाउने

न्युज लुम्बिनी- नमुना बिश्वकर्मा समाज कुबेतले आगामी अप्रिल २७ तारिख प्रथम बार्षिक उत्सव मनाउने निर्णय गरेको छ।  “बिश्वकर्माहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारा सहित कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यतिर कुबेतमा स्थापना भएको थियो   ।

सोही अवसर पारेर सस्थामा रिक्त रहेकाे पदहरुको पनि पदपूर्ति गर्ने जनाएको छ। आगामी  अप्रिल २७ तारिख शुक्रबारका  दिन मनाउन लागेको वार्षिकोत्सव कार्यक्रममा कुवेतमा कार्यरत  सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, कृयाशिल संघ सस्था, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई उपस्थितिको लागि अनुरोध गरेको छ । कार्यक्रम बिहान ११ बजे देखि शुरूवात हुने र स्थान भने आयोजकले केही दिन पछि जानकारी गराउने बुझिएको छ  ।

Facebook Comments Box

फेसबुक