२०८० असोज, १७
||NEWS LUMBINI |

नयाँबर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रमको लागि तयारी पुरा

न्युज लुम्बिनी- कुबेतको सबै भन्दा पुरानो साँस्कृतिक सस्था नेपाल कुबेत साँस्कृतिक मन्चले आउने शुक्रबार गर्न लागेको नेपाली नयाँ बर्ष २०७५ सालको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाएको छ। मन्चको  सोह्रौ प्रस्तुतिमा स्थानीय कलाकारले गित, संगीत, नृत्यबाट सबैलाई मनोरन्जन प्रदान गर्न तयारी अवस्थामा रहेको मन्चका उपाध्यक्ष् डोलराज न्यौपाने न्युज लुम्बिनीलाई बताएका छन । जिलिब स्थित पपिन हलमा आयोजना हुन् लागेको उक्त शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि कुबेत स्थित नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्दिजिबी, समाजसेवी, पत्रकार, कलाकार लगायत  सम्पूर्ण कुबेतबासी नेपालीलाई उपाध्यक्ष् न्यौपानेले अनुरोध समेत गरेका छन ।

Facebook Comments Box

फेसबुक