न्युज लुम्बिनी-ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी मूल्य, मान्यता, सिद्धान्त र भावनालाई आत्मासात गर्दै समाजमा रहेका समस्यालाई सहकारीको माध्यम द्धारा समाधान गर्दै सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक विकासका लागि स्थापित समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था अन्तराष्ट्रिय सहकारी महासभाद्धारा प्रतिपादित सिद्धान्त र विश्व ऋण परिषद द्धारा प्रतिपादित सिद्धान्त अनुसार सञ्चालित र नियन्त्रित छ । समाजमा बचत गर्ने बानीको विकास गर्दै छरिएर रहेको सानो सानो रकमलाई एकतृत गरी सहकारीको माध्यमद्धारा समाजको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर उकास्न वि.स. २०५१ फाल्गुन १ मा ३० जना सदस्य र रु. ३०,०००/– शेयर पूँजी बाट सुरु भएको यस संस्था हाल …… सदस्य रहेको निरन्तर रुपमा संचालन भै यहि मिति २०७१ कार्तिक २९ गते २१ औं साधारण सभा र .. औ अधिवेशन समेत सम्पन्न भै सकेको छ । डिभिजन सहकारी कार्यलय नवलपरासीमा दर्ता भै नेपाल बचत तथा ऋण केन्द्रिय संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ल सहकारी संघ तथा अन्य समान उद्देश्य भएका संघ संस्था संग आवद्ध हुदै नेपाल राष्ट्र बैंक संघ समेत सहकार्य गरी गरिबी न्यूनिकरणमा समेत योगदान गर्न सफल भएको छ ।
सदस्यहरूको सेवा र सुबिधालाइ ध्यानमा राख्दै ,नेपाल स्तरको गुणस्तर चिन्ह प्राप्त गर्न सफल ,यस ग्रामीण साकोसले ल्याएको छ, मोबाइल बैंकिड सुबिधा ।
जसबाट तपाइहरूले घरमै बसी बसी खाताको जानकारी , रिचार्ज ,ncell ntc dishhome रिचार्ज ,चेक बुक अनुरोध,जस्ता विभिन्न सेवाहरू प्राप्त गर्न सक्नुहुानेछ।।।।।।।।।
GRAMIN MOBILE APP