२०८१ भाद्र, २९
||NEWS LUMBINI |

निर्वाचन आयोगको आचार संहिताको घज्जी उडाउदै स्वास्थ मन्त्री बोहरा

प्रतिक पौडेल
मंसिर २१ गते हुने चुनावको लागी निर्वाचन आयोगले केही आचार संहिता तोकेको छ। जुन आचार
संहिता भित्र रहेर राजनितिक दलले चुनाव प्रचार प्रसार गर्नु पर्ने हुन्छ। रुपन्देहीको क्षेत्र नं ३ मा
भने त्यसको ठिक बिपरित भएको छ। यस क्षेत्रबाट प्रतिनिधीसभा सदस्य तर्फ लोकतान्त्रीक
गठबन्धन बाट उठेका राप्रपा प्रजातान्त्रीकका बरिष्ठ उपाध्यक्ष तथा स्वास्थ मन्त्री दिपक
बोहराले आचार संहिताको धज्जी उडाउन लागी परेका छन्।उनले मतादातालाई प्रभावित गर्नेगरी शुद्धोधन गाउपालिका वडा नम्बर ४ को जुगडीहवा र
वडा नम्बर ५ को शितलपाटिको थारु गाउमा गत शनिबार राति २२ थान विजुलीको पोल
बाडेंका छन् ।
आफ्नो घर अगाडी झारेको पोल देखाउदैं लक्ष्मी चौधरीले भनिन, मन्त्री बोहोराले पोल
पठाइदिनु भएको छ हामीले उहांलाई भोट दिएपछि तार पनि पठाइदिनुहुन्छ रे ।
निर्वाचनको आचारसंहिता विपरित सर्वसाधरणलाई प्रभावित गर्नेगरी विजुलीका पोलहरु
गाउमा खसाल्ने काम गलत भएको सोहि वडाका निर्वाचित वडाध्यक्ष राजेन्द्र कडेंलले बताएका थिए ।
उक्त वडाका पुर्व वडाअध्यक्ष मणिराम थारुले भने ‘हिजो सौ फर्साटिर गाविसका सबै टोलमा
विजुली बल्दा यहां दिइएन। हामीले धेरै प्रयास गरयौं तर त्यहि बोहोरा जी हरुले रोके आज
चुनाब आयो भनेर जनतालाई मुर्ख बनाउदैं पोल लिएर दिएका छन् । ‘
स्थानिय कुमारी थारुले गाउलेलाई विजुलीको पोलमा मत किन्न खोजिएको भन्दै आक्रोस
व्यक्त गरेकि थिइन् ।

आचार संहिता विपरित विजुलीको पोल खसालेको भन्दै निर्वाचन आचारसंहिता अनगुमगन
समिती रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सोही ठाउमा पुगी स्थलगत
अध्ययन गरेको छ । स्थलगत अनुसन्धानमा पुगेका अर्यालले भने ‘यहां आचारसंहिता
विपरित विजुलीको पोल झारेको पाइयो । हामी कारबाहिकोलागी सिफारिश गछौं । ‘
नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि लिएर पुगेको उक्त आचारसंहिता अनुगमन टोलीले
तत्काल ती पोलहरु शुद्धोधन गाउपालिका र प्रहरीको नियन्त्रणमा राखेको छ।
बोहराले यति मात्र गरेका छैनन् उनले तिलोत्तमा १४ टिकुलिगढ माध्यमिक बिध्यालय बाट
गाई फार्म जाने बाटोको बिचमा ४ वटा ह्युम पाईप बितरण गर्न भनि आफ्ना कार्यक्रतालाई
पठाएका थिए। उनिहरु पार्टीको झण्डा सहितको गाडीमा टिकुलीगढमा ह्युमपाईप झारेका थिए।
त्यो देखे पछि स्थानियले ह्युमपाईप नियन्त्रणमा लिएर राखेका छन्। यसरी बोहराले आचार
संहिता मिचेको देख्दा यस क्षेत्रका बासिन्दा निर्वाचन आयोग नभएको अनुभुती गरेका छन्।
उनिहरु भन्ने गरेका छन् दिपक बोहराले जनताहरुलाई भ्रममा पर्न खोजेको र बिभिन्न
प्रभोलन देखाई जनताको मत किन्न खोजेका छन्।
त्यसै गरि दिपक बोहराले आफ्ना हरेक कार्यक्रममा आचार संहिता बिपरित १२ देखी १५ वटा
गाडी प्रयोग गर्ने गरेका छन्। उनलाई निर्वाचन आयोगको आचार संहिताको कुनै मतलब छैन।
रुपन्देही ३ का गाउको कच्ची बाटो १२-१५ वटा गाडी लिएर धुलो उडाउदै चुनाव प्रचार-प्रसारमा
हडेका छन् बोहरा। त्यसै गरि उनले आफ्नो प्रचारमा हिड्ने हरेक युवा कार्यक्रतालाई दैनिक ५००
भत्ता र रात्री भोजको ब्यवस्था पनि गर्ने गरेको भैरहवा बासी बताउने गरेका छन् । उनले आफ्नो
पार्टीको झण्डा घर माथी राखे केही पैसा दिने गरेको कुरा मोतिपुर बासीले बताउ छन्।

त्यसै गरि बोहरा जनतालाई चुनावमा बिभिन्न आस्वासन दिन पनि माहिर छन्। स्थानिय
निकाएको चुनावमा भैरहवा ब्याडमिन्टन क्लबलाई १० लाख दिने झुठो आस्वासन दिएर
बिवादमा आएका बोहरा अहिले पनि बिभिन्न आस्वासन बाढ्दै हिडेका छन्। उनले
मोतिपुरमै गएर सरकारी मेडिकल कलेज बनाउने देखी लिएर ट्रान्सफर्मर दिने सम्मका
आस्वासन दिएका थिए तर रुपन्देहीको त्यस क्षेत्रमा मेडिकल कलेज तत्कालनै बन्न सक्दैन
किनभने सरकारले मेडिकल कलेज बनाउनको लागी अरुनै ठाउमा जग्गा हेरिसकेको छ।
बोहराले २०७० सालको निर्वाचनमा पनि उधारो आस्वासन बापत लाखौ सहयोगको बाचा
बिभिन्न ठाउमा गरेका थिए तर त्यो पैसा आज सम्म नदिएको कुरा क्षेत्रबासी गर्ने गर्छन्।
अहिले पनि बोहराले दरखसवाको आमा समुहलाई ५ लाख रुपैया दिने र भैरहवाको एक
युवा क्लबलाई एम्बुलेन्स दिने उधारो आस्वासन दिएका छन्।

यसरी निर्वाचन आयोगको आचार संहितालाई खेलवाड सम्झने स्वास्थ मन्त्री दिपक बोहरा
अदालत देखी राजनितिक दल सम्मलाई प्रभावमा पार्न सक्छन्। बिगतमा २०४० सालमा
जहाज घोटला प्रकरण हुदै बन फडानी देखी लिएर अहिले भख्ररै आयल निगम जग्गा
घोटला काण्डमा मुछिएका बोहरा पहिले पनि धेरै पटक अपराध बाट उन्मुक्ती पाएकै ब्यक्ती
हुन्। आचार संहित उल्गघन उनको लागी ठुलो कुरा नहोला तर जनतालाई प्रभोलनमा पारेर
भोट किन्न खोज्दा निर्वाचन भने स्वच्छ हुने संभावना अति नै न्युन देखिन्छ।

Facebook Comments Box

फेसबुक