२०८० असोज, ७
||NEWS LUMBINI |

नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित

काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । छनोट अन्तर्गत शुक्रबार भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ बनाउन सक्यो ।

Facebook Comments Box

फेसबुक