२०८० असोज, ६
||NEWS LUMBINI |

नेपालगञ्जका मेयरको तलब समाज सेवामा

नेपालगन्ज नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर  राणाले तलब भत्ता मानवीय सेवामा लगाएका छन् ।

प्रमुख राणाले मंगलबार तलबभत्ता एक समारोहबीच एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्रकी प्रमुख ब्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गरेका हुन् ।

नगर प्रमुखमा निर्वाचित भए लगत्तै राणाले आफ्नो कार्यकाल भरी पाइने तलब-भत्ता नलिने घोषणा गरेका थिए । उनले हरेक महिना तलब भत्ता मानवीय सेवाका लागि समपर्ण गरिने बताए ।

-अन्नपूर्णपोष्ट

Facebook Comments Box

फेसबुक