२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

नेपाल आइडल अडिसन सुरु (फोटो फिचर)

विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ।

भैरहवाको अंचलपुर स्थित (नेपाल आयल निगमको अगाडी) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङगणमा नेपाल आइडलको अडिसन हुदैछ। भैरहवामा अडिसन भएपछि क्रमस धनगढीमा चैत ११ गते, हेटौडाँमा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते र काठमाडौँमा नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ। मंगलबार बिहान ७ बजे देखिसुरु भएको अडिसन दिनभर चल्ने छ।

एपीवान एचडी टेलिभिजनका डाइरेक्टर सुरेश पौडेलका अनुसार अडिसनमा एक हजार २ सय देखि एक हजार ५ सयसम्म संगितप्रेमीहरु सहभागी हुने अनुमान गरिएको छ।

प्रतियोगिताको निर्णायकमा संगितकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी रहेका छन्। त्यस्तै अडिसनको संचालन नायक अशिम शाह र रीमा विश्वकर्माले गर्ने आयोजकले जनाएको छ। अडिसनको प्रशासरण एपीवान एचडी टेलिभिजनबाट हुनेछ।

सन् २०११ मा बेलायताका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ। बेलायतमा पप आइडलका रुपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसगँ आइडल जोडेर परिचित छ। अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रुपमा संचालन गरेपछि विश्वव्यापी रुपमा यसको चर्चा सुरु भएको हो।

तस्बिर : सलमान खान/अन्नपूर्णपोष्ट

 

 

Facebook Comments Box

फेसबुक