२०८० असोज, ६
||NEWS LUMBINI |

नेपाल एयरलाइन्सका महाप्रबन्धक कंसाकारलाई कालोमोसो

न्युज लुम्बिनी – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ।

वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको हो।

वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए।

वाइड बडीमा ४ अर्ब अनियमितता भएको भन्दै संसदीय उपसमितिले विहीवार प्रतिवेदन सार्वजनिक गरी वहालवाला मन्त्रीसहित संलग्न सबैलाई कारवाहीको सिफारिस गरेको थियो।

Facebook Comments Box

फेसबुक