२०८० असोज, ७
||NEWS LUMBINI |

नेपाल कुवेत साँस्कृतिक मन्च द्वारा तीज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

न्यूजलुम्बिनी- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । 

आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले  जानकारी दिएका छन् ।

नारीहरुको महानपर्व हरितालिका तीजको रमझमले स्वदेशमा मात्र होइन, बिदेशमा रहेका नेपालीहरुलाई समेत छपक्कै छोपेको छ । कुवेतमा कार्यरत नेपालीहरु पनि एक महिनाअगाडि नै तीजको तयारी गरिरहेका छन् ।

देशभन्दा पर रहेर बर्षदिनको तीजमा छमछमी नाच्दै रमाइलो गराउने उदस्यका साथ उक्त कार्यक्रम गर्न लागेको र कुवेतमा कार्यरत नेपाली चेलीहरुलाई स्वदेशको तीजको झल्को मेटाउने गरि “ यहीँ सेप्टेम्बर १४ शुक्रबारको दिन आयोजना हुने “१७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रममा कुवेतमा कार्यरत नेपाली दाज़ु भाई तथा दीदी बहिनी, पत्रकार, खेलाडी, र सम्पूर्ण संघ संस्थाका प्रतिनिधि लगायत बुद्धिजीवी हरूलाई उक्त कार्यक्रममा सहभागी भई आर्थिक र नैतिक रूपले सहयोग गरिदिनु हुन नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतले सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

उक्त कार्यक्रममा कुवेतमा रहेका नेपाली नारीहरुलाई दर खुवाउने कार्यक्रम समेत आयोजना गरिएकोले आयोजकले सम्पुर्ण महिलाहरुलाई मञ्चले बिशेष निमन्त्रणा समेत गरेको छ ।

मिति- शुक्रवार १४ सेप्टेम्बर

समय- दिउँसो १ बजे

स्थान- युनिक अडोटोरीयम हल फरवानिया

साभार- तीतोपाटी डट कम

Facebook Comments Box

फेसबुक