२०८० असोज, १७
||NEWS LUMBINI |

नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती

खजुरा।  आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन्।

शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो।

सीमापारिबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार बाँकेको सीमामा संयुक्त गस्ती गरेका छन्।

सीमामा हुने विभिन्न आपराधिक गतिविधि र चुनावमा नकारात्मक असर पार्न सक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो। सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्सीपूर्वा एसएसबी क्याम्पका इञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा सात÷सात जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताए।

बुधबार पहिलो चरणमा सीमास्तम्भ नम्बर २६/१ देखि २७/१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिइने भएको छ। रासस

Facebook Comments Box

फेसबुक