२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

पराजित आर्सनल युरोपा लिगको नकआउट चरणमा

एजेन्सी । इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा जर्मन क्लब एफसी कोलोनसँग १ – ० ले पराजित भएपनि आर्सनल समूह ’एच’ को समूह बिजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा कोलोनलाई जित दिलाउन सह्रोउ गुइरास्यले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कोलोनले विजयी गोल गरेको थियो । खेलको ६२ औं मिनेटमा पाएको पेनाल्टीमा गुइरास्यले गोल गर्दै कोलोनलाई महत्वपूर्ण जित दिलाए ।

यो हारपछि आर्सनलले ५ खेलबाट १० अंक जोड्न सफल भयो । पराजित भएपनि आर्सनल समूह बिजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । कोलोन ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै तेस्रो स्थानको क्राभेना जेभेदाको पनि ६ अंक छ । पुछारमा रहेको बोरीसोभको ५ अंक छ ।

Facebook Comments Box

फेसबुक