२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

पश्चिम नेपाल र बुटवल यातायातका पदाधिकारी धमाधम पक्राउ

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ परेकाे छन् ।

बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले बुटवल यातायात व्यवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ

Facebook Comments Box

फेसबुक