२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

नियमित वर्षाका कारण पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । वालिङ नगरपालिका–१० स्थित गाहाखोलामा माथिबाट पहिरो खस्दा सोमबार दिउँसो साढे १२ बजे देखि राजमार्ग अवरुद्ध भएको छ।
गाहाखोलास्थित २ सय मिटर माथिबाट पहिरो खसेकाे जिल्ला प्रहरी प्रवत्ता प्रकाश बिष्टले जानकारी दिए। राजमार्गमा यातायात संचालन गराउन सडक विभागको डोजर प्रयोगमा ल्याएकाे उनले बताए।

पहिरोका कारण सुनौली, बुटवल हुँदै पोखरा र जिल्ला भित्रै चल्ने छोटो दुरीका सवारी साधन रोकिएका छन्। टाढा पुग्ने यात्रुहरु समयमा गन्तव्य स्थान पुग्न नसक्ने हुँदा प्रहरी र स्थानीय मिलेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउनको लागि ३/४ घण्टा लाग्ने प्रहरीले जनाएकाे छ।

साभार कान्तिपुर

Facebook Comments Box

फेसबुक