गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलाे पटक तारा एयरले सफल अबतरण गरेकाे छ । तारा एअरको विमानले परिक्षण उडान भरेको हाे ।
प्राबिधिक पक्षको परिक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ ।
सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन एके एल बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो ।
बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमाढिलो गरी अवतरण गरेको हो ।
प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा पुगेका थिए ।
परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानिय सहित तम्घास र आसपासका मानिसहरुको बिमान हेर्न भिड लागेको थियो ।
साभार नागरिक आवाज