बुटवल, १२ मंसिर – नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडलले पाँच नम्बर प्रदेशको राजधानी बुटवल हुने कुरामा कुनै पनि आशंका नगर्न अाग्रह गरेका छन् ।
मंगलवार बुटवलमा एक अनलाइन संग संक्षिप्त कुराकानी गर्दै पौडेलले विकास र प्रकाशनिक सुगमताको हिसावले बुटवल नै प्रदेश नम्बर पाँचको राजधानी हुने बताएका छन् ।
उनले एक हिसावको पूर्वाधार रुपन्देहीमा तयार भइसकेकोले पाँच नम्बरको राजधानी समेत बुटवलमै हुने बताए ।
साथै रुपन्देही क्षेत्र नम्बर दुईबाट बाम गठन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले आफ्नो जित घोषणा हुन मात्रै बाँकी रहेको बताए । उनले यो क्षेत्रका मतदाताले कसलाई मत दिने भनेर निश्चय गरिसकेकोले यसपालीको निर्वाचनमा पनि आफूले चुनाव जित्ने बताए । उनले यो भन्दा अघि दुई पटकसम्म रुपन्देहीबाट चुनाव जितेका थिए ।
उनले अघिल्लो पटक जनताले दिएको आदेश स्वरुप संविधान निर्माण गरिएकोले अव विकासका लागि आफूले काम गर्ने बताए । उनले अब रुपन्देहीका विकासका लागि आफू लागि पर्ने समेत बताए ।
आफूले जनताप्रति इमान्दार भएर काम गरेको कारणले आफूलाई जनताले असाधारण माया गर्ने समेत बताए ।
साथै उनले आफू जनता र राष्ट्र प्रति इमान्दार रहेको समेत बताए ।
यसै सन्दर्भमा उनले चुनाव सकिएको एक महिना भित्रमा एमाले र माओवादीबीच पार्टी एकिकरण हुने बताए । उनले अब एक महिनासम्म पार्टी एकिकरण हुन्छ कि हुँदैन भनेर सोध्ने प्रश्न रहेपनि एक महिना पछि त्यो प्रश्न सोध्ने सुविधा कसैलाई नहुने बताए ।
एमाले र माओवादी मिलेर लोकतन्त्रका मुल्य र मान्यतामा विश्वास गर्ने कम्युनिष्ट पार्टी निर्माण गर्ने समेत उनले बताए ।