नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सञ्देश दिनुपर्ने बताउनुभएको छ ।
दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।n
पार्टीलाई बलियो बनाउन बिपीको सिद्धान्ताई पछ्याउन आवश्यक भएको भन्दै उहाँले काङ्ग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकोले काँग्रेस पार्टी कहिल्यैपछि नपर्ने दावी गर्नुभयो ।
सो अवसरमा केन्द्रीय सदस्य बद्रि पाण्डेले काँङ्गे्रस सङ्ख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवाद भन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
Facebook Comments Box