पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । पाल्पाको भालेबास नजिकै बिहीबार बिहान लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइते २६ मध्ये ४ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार, उनीहरुको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त बस खोलामा खसेको छ । ।
Facebook Comments Box