२०८० असोज, ६
||NEWS LUMBINI |

पाल्पा जिल्ला क्षेत्र न २ को संयुक्त बाम गठबन्दन उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

बुटवल — नेकपा एमाले तथा नेकपा मावोबादी (केन्द्र)को साझा उम्मेदबार परिचयात्मक कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ

उक्त कार्यक्रम मा संयुक्त बाम गठबन्धनका प्रतिनिधिसभा पाल्पा क्षेत्र न २ का उमेदबार तथा पुर्ब उधोग मन्त्रि सोमप्रसाद पाण्डे प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा प्रभावसाली युबा नेता ठाकुर गैरे बिशिस्ट अतिथिको रुपमा रहनुभएको थियो .

कार्यक्रमको अध्यक्षता तुल बहादुर अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य उमानाथ अधिकारि उमेश ले राखुभएको थियो |

कार्यक्रममा क्षेत्र न २ का प्रदेश सभा १-२ का उम्मेदबार नेकापा एमालेका तर्फबाट डा. पुरन बज्राचार्य र माओबादी केन्द्रका  तुलाराम घर्ति मगर (बसन्त)ले बोल्दै समग्र पाल्पा जिल्लाको बिकासमा जोड दिने र पाल्पालाई पर्यटकीय र धार्मिक नगरीको रुममा बिकास गर्ने प्रतिबद्दता जाहेर गर्नुभयो , सोहि अबसरमा ठाकुर गैरेले सम्पुर्ण कम्युनिस्ट हरु एक हुनुको विकल्प नरहेको र अबको आबस्यकतानै सम्पूर्ण कम्युनिस्ट एकता नै भएको औल्याउनुभयो .|

प्रमुख  अतिथि सोमप्रसाद पाण्डेले अबको पाल्पा जिल्ला लाइ बिकासमा जोड दिने भनेको बामपन्थीले नै हो र अबको जित सुनिचित भएको पाल्पलिहरु बाम गठबन्दन लाइ जिताउन आतुर रहेको  र कांग्रेसले कुनै पनि हालतमा बाम्पन्थीको एकतालाई ढलाउन नस्स्कने जिकिर गर्नुभयो |

कार्यक्रममा पाल्पा घर भएका र बुटवल मा बसोबास गर्ने करिब ६०० जनाको उपस्थिति  रहेको थियो |

Facebook Comments Box

फेसबुक