२०८१ बैशाख, ३
||NEWS LUMBINI |

पाल्पा जोगिथुममा गाई भैंसीलाई झै बाधिएका बालक

कृष्ण पोखरेल, पाल्पा-घरको पछाडी टिनको छाप्रो । टिनको छाप्रोमा प्रायः गाई, भैंसी, भेडा बाख्रालाई राखिन्छ । पाल्पाको एक गाउँमा भने गाईभैंसी, भेडा, बाख्रालाई झै मानिसलाई बाधेर राखिएको छ । पाल्पा रिब्दीकोट गाउँपालिका वडा १ ख्याहा जोगिथुममा एक बालकलाई गाईभैंसी, भेडा, बाख्रालाई जस्तै फलामको सिक्रीले बाधेर छाप्रोमा राखिएको छ । शारीरिक रुपमा हेर्दा बालक ठिकठाक देखिन्छन्, तर उनी नत राम्ररी बोल्दछन्, नत अन्य मानिसले बोलेको बुझ्दछन् । नत भोक लागेको ईसारा गर्दछन्, नत दिशापिसाव लागेको भन्न सक्दछन् । बालकको यस्तो अवस्था भएपछि घरपरिवारले उनको हातमा फलामको सिक्रीले बाधेर दैनिक काम काजमा जाने गरेका छन् । बाधिएको बालकले नत हातको सिक्री फुकाएर भाग्ने प्रयास गर्दछन् नत आएका मानिसहरुसंग सरोकार राख्दछ । सिक्रीले बाधिएको बालक एकहोरो तालमा सिक्रीको लम्बाईले भेट्टाउने ठाउँसम्म वरीपरी घुम्ने, उफ्रिने गर्दै दिन बिताइरहेका छन् । फलामे सिक्रीले बाधिएका ७ वर्षिय बालकको जीवन पशु सरह भएको छ । फलामको सिक्रीले बाधिएका बालक दिनहँु घरपरिवार तथा मानिसको सम्पर्क भन्दा बाहिर भएकोले ति बालकको स्वभाव पनि पशु सरह बन्दै गएको छ ।

पशुले झै मुख डोवेर पानी खाने, धारा तथा गिलासको पानी नखाने, फोहोरो तथा सफाको कुनै प्रवाह नगर्ने जे भेटायो त्यही खाने अवस्था भएपछि बाध्य भएर फलामे सिक्रीले बाधेको परिवारले बताए । ‘पहिला यस्तो थिएन, ३ वर्षदेखि के भो के भो ? दिमागले काम नगरेजस्तो लाग्यो, छोरा बुहारीले पाल्पा बुटवलका अस्पतालमा देखाए, ठीक भएन । लामाधामी, देवी देवताका मन्दिरहरुमा धेरै पटक लगे ठीक भएन र हार भएर, घरमा ल्याएर बाधेर राखेको हजुरआमा सविकला कुमालले बताइन् । नबाधेर के गर्ने, जे भेट्यो त्यही खान्छ, छोडिदियो भने घरमा पनि आउँदैन, जहाँ पायो त्यही दिशा पिसाव गर्छ र त्यही खान्छ त्यही भएर बाधेको हजुरआमा सविकलाले बताइन् ।

आफ्नो छोरा छोरी, नातीनातिनालाई यस्तो भएको देख्न मन त कहाँ लाग्छ र नजिकै जाँदा टासिन आउछ, नबुझिने गरी कराउछ, खान दियो भने आधा खान्छ आधा फाल्छ हजुरआमा सविकलाले बताइन् । यसका दाई भाई यस्ता छैनन्, माईलो छोरो यस्तो भयो । गाईभैंसीलाई झै बाधेर राख्नु परेको छ, खै के भयो ? दैव लागेको त होलानी, अस्पतालका डाक्टरहरुले विस्तारै ठीक हुन्छ भने तर ठीक भएन, आमा पार्वती कुमालले बताइन् । सानो छदा दाई दुर्गाले बोकेर स्कूल पनि लैजान्थ्यो । स्कूलमा पनि पढ्न सकेन, केही बोलेन, जे मन लायो त्यही गर्ने भएकोले हैरान भएर घरमै बाधेर राखेको आमा पार्वतीले बताइन् । ‘यसका बाउँ पनि घरमा छैनन्, कमाउन बाहिर गएका छन्, हामीले सकेजती, जानेजति अस्पतालमा लगियो, लामाधामी कहाँ देखायौ, देवी देवताका मन्दिरहरुमा पनि धेरै पटक लगियो ठिक भएन, के गर्ने सधैभरि यसको पछि लाग्न सकिएन, काम गरेर खानै प¥यो, नबाधिकन छोडिदिदा कहीँ गएर लोट्ने होकी ? गाउँमा कसैको घरमा गएर विराम गर्ने होकी ? भनेर छोरालाई बाधेर राखेको आमा पार्वतीले बताइन् ।

-शित्तलपाटी डटकमबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक