२०८० असोज, ७
||NEWS LUMBINI |

पाल्पा रैनादेवी गाँउपालिकाकी उपाध्यक्षले ल्याइन् तीजको गीत “जुरेली चरी”

पाल्पा -आउँदै गरेको नेपाली महिलाको महान पर्व तीजले बजार तात्दै गर्दा रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्ष चेतना थापाले तीजगीत जुरेली चरी बजारमा ल्याएकी छन । उनले युट्युबमार्फत पन ियस गीतको सार्वजनिक गरेकी छन ।

उनलाई लोक गायक बसन्त लम्सालले गायनमा साथ दिएका छन । पृथक र बेग्लै प्रस्तुतिका साथ आएकी थापाले बुटवलमा यस गीतको छायांकन गरेकी छन । महिलाहरुले आफ्नो प्रेमी वा श्रीमानबाट निरन्तर सद्भाव, माया, प्रेमलाई तृष्णरुपमा अपेक्षा गरेको गीतको भावले दर्साएको छ । महिलाहरुले कुरा मात्र गर्ने र काम नगर्ने श्रीमान वा प्रेमीले गुनासो गरेको देखिन्छ । जुरेली चरीमा गीतले चलीआएको सामाजिक चलनचल्तीलाई उतारेको प्रष्ट हुन्छ ।

यस गीतले आम दर्शक, श्रोताको मन जित्ने विश्वास गायिका थापाको छ । यस गीतको शव्द संकलन विक्कु कुंवर, श्रृजना गायक बसन्त लम्साल तथा निर्देशन विस्नु भट्टराईको रहेको छ । यस गीतलाई अर्घादरबार फिलिम्स प्रालिले बजार व्यवस्थापन गरेको छ । अघिल्लो वर्ष पनि तीज गीत ल्याएकी थापाले युट्युबमा दर्शक धेरै पाएकी छन ।

यस वर्षको तीजगीत अघिल्लो भन्दा अझ सुधारिएको रहेकाले पनि उनले धेरै दर्शक र श्रोता पाउने अपेक्षा लिएको बताइन । उनी शिक्षिका साथै गायनमा समेत दख्खल राख्दै अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा रैनादेवी छहरा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन । श्रीमान, छोराछोरीकोसमेत गायन, शिक्षण र गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्दा सहयोग पाएकाले अगाडी बढ्न सहयोग पुगेको थापाले बताइन । गीतमा चर्चित कलाकार अभिनय रितु तामाङ र किसोर थापाको छ । नृत्य निर्देशन भने किशोर आफैले गरेका छन् ।
गीतको भिडियो पूरा हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

-पाल्पासमाचारबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक